sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

राप्ती हाइड्रोको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज जेठ ५ गते अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज सोमबार जेठ ५ गते अन्तिम दिन हो ।

कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ ६ गते बुक क्लोज गर्दैछ । तसर्थ, जेठ ५ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्री गर्न यसअघि नै अनुमति दिइसकेको छ । हकप्रद निष्कासनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ६१ करोड २७ लाख रुपैयाँ रहेको छ । सोही पुँजीमा १०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

हकप्रद पश्चात यसको पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । यस कम्पनीमा राधी विद्युतको २१.०५ प्रतिशत सेयर लगानी रहेको छ ।

prabhu bank
nawakantipur long