गभर्नर सिफारिस गर्न गठित समिति पुनर्गठन
अर्थविद् डा. पोषनाथ पाण्डे सदस्य नियुक्त

काठमाडौं . सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न गठित समिति पुनर्गठन गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको गभर्नर सिफारिस समिति पुनर्गठन गरेको हो ।
मन्त्रिपरिषद्ले समिति पुनर्गठन गर्दै अर्थविद् डा. पोषनाथ पाण्डेलाई सदस्य नियुक्त गरेको छ ।यसअघि अर्थमन्त्री पौडेलको नेतृत्वमा बनेको समितिमा निर्वतमान गभर्नर महाप्रसाद अधिकारी र डा. विश्व पौडेल सदस्य हुनुहुन्थ्यो । तर पौडेलले समितिको सदस्यबाट राजीनामा दिएपछि एक पद रिक्त थियो ।
पौडेलको ठाउँमा अर्थविद् डा. पाण्डेलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।