stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नागरिक लगानी कोषको वित्तीय विवरण सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कोषले ८९ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषले ८८ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कोषको नाफा १.८८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कोषको ब्याज आम्दानी ३२.०३ प्रतिशतले घटेर २४ करोड १ लाख रुपैयाँमा खम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषको ब्याज आम्दानी ३५ करोड ३२ लाख रुपैयाँ थियो।

यो ९ महिनामा कोषले सेवा शुल्क तथा कमिसनबापत १ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ४ करोड १७ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको कोषको जगेडा कोषको आकार १३।२१ प्रतिशतले बढेर ३ खर्ब ७२ करोड १४ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कोषको जगेडामा २ खर्ब ६५ अर्ब ६१ करोड ३४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कोषको कुल लगानी २ खर्ब ७८ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषको कुल लगानी २ खर्ब ३६ अर्ब ८० करोड रुपैयाँ थियो।

कोषको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेर १८.४९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस २२.१४ रुपैयाँ थियो। लगानीमा प्रतिफल ५.६९ प्रतिशत रहेको कोषको प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari