जीवन विकास लघुवित्तले साढे ३५ करोड नाफा कमायो

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा खुद नाफा ३३.४५ प्रतिशतले बढेर ३५ करोड ५६ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।
गत वर्षको यसैअवधिमा यसले २६ करोड ६५ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले यसको खुद नाफा पनि बढेको हो ।
खुद ब्याज आम्दानी २८ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ४४ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ३३.४५ प्रतिशतले बढेर ५० करोड ८१ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५० पैसाले बढेर ३० रुपैयाँ ८७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ९२ पैसा छ । चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लख रुपैयाँ छ ।