stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नौ जनाविरुद्ध एक करोड ८४ लाख बढीको भ्रष्टाचार मुद्दा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नारायणी अस्पताल, वीरगञ्ज पर्साका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जय कुमार ठाकुरसहित नौ जनाविरुद्ध एक करोड ८४ लाख ३८ हजार ४५८ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा नारायणी अस्पताल वीरगञ्जको आकस्मिक कक्ष निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत हुने इन्टरलकिङ टायललाई भवन निर्माणको मुख्य आइटमको रुपमा समावेश गरेको तथा शिवाको/विकास एण्ड ब्रदर्स/बिजी जे.भी. ले काठमाडौं उपत्यका सडक विस्तार आयोजनामा ग्रे कलरको इन्टरलक ब्लकको काम गरेको देखाए तापनि अति सामान्य कुरालाई बदनियतपूर्वक बोलपत्रमा समावेश गरेको देखिएको छ ।

सहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह तथा इन्जिनियर सकुर अन्सारी, नारायणी अस्पताल, वीरगञ्जका तत्कालीन नायब सुब्बा सुशीलप्रसाद यादव र तत्कालीन लेखापाल सुदिप कुमार माझी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यसैगरी, मूल्याङ्कन समिति संयोजक डा. वीरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरी, मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा. लि.का प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका आधिकारिक प्रतिनिधि जगत बुढा र लुम्बिनी बिल्डर्स प्रा. लि.का तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

कुनै एक मात्र लक्षित निर्माण व्यवसायी सफल हुने गरी सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याएको बिगो रकम एक करोड ८४ लाख ३८ हजार ४५८ रुपियाँ कायम गरी आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

prabhu mahalaxmi
kumari