stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

कक्षा १२ पास गरेका विद्यार्थीले पढ्न पाउने जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । स्वास्थ्य क्षेत्रको जनशक्तिको आपूर्ति सुनिश्चित गर्न कक्षा १२ पास गरेका विद्यार्थीले पढ्न पाउने जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममा १२ पास गरेका विद्यार्थीले जनरल नर्सिङ अध्ययन गर्न पाउने कार्यक्रम चलाइने उल्लेख छ । हाल एसइई पास गरेपछि पिसिएल नर्सिङ पढ्न पाइने व्यवस्था छ । स्नातकमा ब्याचलर अफ नर्सिङ साइन्स (बिएनएस) तीन र चारबर्से बिएसी नर्सिङ कार्यक्रम सञ्चालनमा छ ।

साथै सरकारले आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य बिमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाउन बिमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ । यस कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने छ । नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बिमामा आबद्ध गर्ने बताइएको छ ।

यसै गरी सरकारले न्युरो साइन्स उपचार केन्द्र स्थापना गर्ने भएको छ ।मस्तिष्क, मेरुदण्ड, नसा तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित रोग पहिचान, उपचार र पुनस्र्थापनाका लागि उक्त केन्द्रले काम गर्ने छ ।

क्यान्सर र मिर्गौला उपचार सेवा प्रदेशमा समेत विस्तार गर्ने नीति सरकारको छ । सङ्घीय स्वास्थ्य सेवा ऐन र राष्ट्रिय गुणस्तर प्राधिकरण ऐन ल्याउने नीति तथा कार्यक्रममा भनिएको छ । सरकारले गम्भीर रोगको उपचार स्वास्थ्य बिमाबाट गर्न सुविधा थैली परिमार्जन गर्ने भएको छ ।

गम्भीर रोगको उपचार स्वास्थ्य बिमाबाट गर्नका लागि सुविधा थैली परिमार्जन गरिने भएको हो । स्वास्थ्य बिमा बोर्डको पुनर्संरचना गरिने तथा आधारभूत र अत्यावश्यक औषधी बिमा प्रणालीमा समेटिने नीति कार्यक्रममा उल्लेख छ ।

हाल स्वास्थ्य उपचारमा छरिएका सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत गर्नुका साथै प्रभावकारी बनाइने छ । दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको उपचार तथा उद्धार थप प्रभावकारी कार्यक्रम बनाउन लागिएको छ ।

ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचार व्यवस्था मिलाउने नीति तथा कार्यक्रम छ । यसै गरी  सरकारले उत्पीडित वर्ग र समुदायलाई चिकित्सा सेवामा आरक्षण व्यवस्था गर्ने घोषणा गरेको छ ।

सरकारको नीति तथा कार्यक्रममा १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइने उल्लेख छ । स्वास्थ्य क्षेत्रका जनशक्ति व्यवस्थापन तथा गुणस्तरीय सेवाका लागि सरकारले सङ्घीय स्वास्थ्य सेवा ऐन जारी गर्ने छ ।

prabhu mahalaxmi
kumari