नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा घिमिरे

काठमाडौँ । नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा रामहरि घिमिरे निर्वाचित भएका छन् । संघको गत बिहीबार सम्पन्न अधिवेशनले घिमिरेको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा उपाध्यक्षमा डिल्लीराज आचार्य र निर्जल घिमिरे, महासचिव कृष्ण प्रसाद खराल, सचिव बासु रिजाल र मीनराज शर्मा, कोषाध्यक्ष रमेश खतिवडा, सह–कोषाध्यक्ष रेवती राई रहेका छन् ।
त्यस्तै, सदस्यहरूमा सरोज खनाल, रामसेवक मण्डल, गोमा धिताल, प्रकाश पोखरेल, अर्जुनराज तिवारी, साधना सुवेदी, जीवन बि.क., सुमन राई, सुरज जप्रेल र अमिष शर्मालाई निर्वाचित भएका छन् ।
नेपाल राष्ट्र बैंकको बालुवाटार केन्द्रीय कार्यालयको प्राङ्गण भएको कार्यक्रममा नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा। नीलम ढुङ्गाना तिम्सिनासमेत सहभागी थिइन् ।