स्वाभिमान लघुवित्त वित्तीय संस्थाको एजीएम आज बस्दै
बोनस सेयर वितरण प्रस्ताव

काठमाडौं । आज वैशाख १९ गते स्वाभिमान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा बस्दैछ । यस लघुवित्त कम्पनीको सभामा गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।
साथै, बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ । यस्तै, लघुवित्त कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफानोक्सान, नगद प्रवाह लगायत वित्तीय विवरणहरुमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ ।
लघुवित्त कम्पनीले साधारण सभा प्रयोजनका लागि वैशाख ११ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख १० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा स्वाभिमानको केन्द्रीय कार्यालय तिलोत्तमा ५, रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।