सीवाइसी नेपाल लघुवित्तको नाफामा आकर्षक सुधार

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सीवाइसी नेपाल लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा खुद नाफा ९९.४६ प्रतिशतले बढेर ५ करोड ५८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो । कम्पनीको खुद ब्याज आम्दानी ४०.९४ प्रतिशतले बढेर २९ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
सञ्चालन नाफा पनि १२३.९९ प्रतिशतले बढेर ५ करोड ५८ लाख रुपैयाँ पुगेको छ । हाल यसको चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३८ करोड २२ लाख रुपैयाँ कायम छ ।
नाफासँगै लघुवित्त कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ०२ पैसाबाट बढेर २७ रुपैयाँ ९६ पैसा (वार्षिक) कायम भएको छ । सीवाइसीको प्रतिसेयर नेटवर्थ २६८.५१ रुपैयाँ रहेको छ । एनपीएल भने बढेर ८.४९ प्रतिशत पुगको छ ।