sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

आन्दोलनरत शिक्षकहरुसँगको वार्ता सकारात्मक, आज निर्णायक वार्ता गर्ने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरुबीच भएको वार्ता सकारात्मक रुपमा अघि बढेको छ। हिजो राति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासङ्घसँगबीच भएको वार्ता सकारात्मक दिशामा अघि बढेको मन्त्री पन्तले जानकारी दिनुभएको हो ।

शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उहाँले सञ्चारकर्मीलाई जानकारी दिनुभएको छ ।

शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीचको वार्ता हिजो राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुभएको थियो ।

साथै महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको थियो। सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच आज पुनः वार्ता हुनेछ । शिक्षक सङ्घ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।

जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ

gold
prabhu bank
nawakantipur long