stcnepal long ad
ime life insurance
global ime bank long

सरकारले चैत १९ गते १२ अर्ब ७५ करोड रुपियाँ बराबरको ट्रेजरी बिक्री गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सरकारले आउँदो मंगलबार (चैत १९ गते) पौने १३ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । यसअघिनै बिक्री भएको तर परिपक्क भएको ९१ दिने र १८२ दिने ट्रेजरीलाई सरकारले पुनः बिक्री (नवीकरण) गर्न लागेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार एक सूचना जारी गर्दै मंगलबार नवीकरण हुने १२ अर्ब ७५ करोड रुपियाँ बराबरको ट्रेजरीको सोमबार (चैत १८ गते) सार्वजनिक बोलकबोल हुने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । यसअघि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चैत ११ गते १९ अर्ब ४९ करोड २० लाख रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

ट्रेजरी बिल सरकारी ऋणपत्रको अल्पकालीन औजार हो । न्यूनतम् २८ दिनदेखि अधिकतम् ३६४ दिन अर्थात् एक वर्षका लागि लिइने यस्तो ऋण बैंक तथा वित्तीय संस्थाहरुबाट उठाउने गरिन्छ ।

prabhu mahalaxmi
kumari