stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन लाइफ इन्स्योरेन्सको आज आठौँ वार्षिक साधारण सभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा आज चैत १५ गते बस्ने भएको छ । इन्स्योरेन्स कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले सो साधारण सभाको मिति तय गरेको हो ।

साधारण सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८० /८१ को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने छ ।

इन्स्योरेन्स कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने (वर्तमान लेखापरीक्षक श्री एसएआर एशोशियट्स, चार्टर्ड एकाउन्टेन्ट्स, पुनः नियुक्तिका लागि योग्य रहने) प्रस्ताव पारित गर्नेछ ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश छन्। सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ ।

साधारण सभाले बोनस शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु पाँच अर्ब पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६(ग) मा भएको तत्काल चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

साधारण सभाले कम्पनीबाट गरिएको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने, संशोधित प्रबन्धपत्र अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने छ ।

इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २८ गते एक दिन बुक क्लोज गरेको थियो ।

त्यसकारण फागुन २७ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिनुको साथै लाभांश पाउन सक्नेछन् । साधारण सभा आम्रपालि ब्याक्वेट भाटभटेनी नक्सालमा विहान ११ बजेबाट सुरु हुने जनाएको छ ।

prabhu mahalaxmi
kumari