citizens life insurance long ad
stcnepal long ad

निजी क्षेत्रबाट नयाँ स्टक : हालसम्म दुई कम्पनीको पर्यो आवेदन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निजी क्षेत्रबाट नयाँ स्टक एक्सचेञ्जको लागि दुई वटा कम्पनीको आवेदन परेको छ । आइतबार २ बजेसम्म नेसनल स्टक एक्सचेन्ज र हिमालयन स्टक एक्सचेञ्जले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

धितोपत्र बोर्डका अनुसार नेसनल स्टक एक्सचेन्जले आइतबार हिमालयन स्टक एक्सचेन्जले शुक्रबार आवेदन दिएका हुन् । सर्वोच्च अदालतले अर्को स्टक स्थापनाका लागि बाटो खोलिदिए पछि धितोपत्र बोर्डले आवेदन माग गरेको छ । बोर्डले दिएको समय आज आइतबार साँझ ५ बजे सकिँदैछ ।

हाल बस्तु विनिमय बजारको लागि एउटा कम्पनीले मात्रै आवेदन दिएको छ । बोर्ड स्रोतका अनुसार हालसम्म मल्टी डेरिभेटिभले मात्र आवेदन दिएको हो ।

बोर्डले गत बिहीबार सूचना जारी गर्दै नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार कम्पनी स्थापनाका लागि १० दिनको समय दिँदै इच्छुकसँग आवेदन माग गरेको थियो ।

IME Life
kumari