stcnepal long ad
himalayan Everest Insurance long ad

हाथवे इन्भेष्टमेन्टको आइपीओ आज बाँडफाँट हुँदै

हाथवेको आइपीओ हात पार्न भने भाग्यकै भरपर्नु पर्नेछ । यसमा ३ करोड १२ लाख ५६ हजार ९२० कित्ताका लागि आवेदन परेको छ ।

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओ आज असोज २ गते मंगलबार  बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालयंमा बिहान ९ बजे आइपीओ बाँडफाँट गर्न गरिएको हो ।

हाथवेको आइपीओ हात पार्न भने भाग्यकै भरपर्नु पर्नेछ । यसमा ३ करोड १२ लाख ५६ हजार ९२० कित्ताका लागि आवेदन परेको छ ।

यो मागभन्दा १२.८७ गुणा बढी आवेदन हो । यस कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०% अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये २५ अर्थात् ५८ हजार ५ सय  कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो ।  त्यस्तै,  १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।

यसैगरी, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।

रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपीओलाई ‘इक्रा एनपी ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।

जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ चैत २४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० चैत २३ गतेसम्म बाहल रहनेछ ।

२ असोज २०८०, मंगलवार ०७:०७ बजे प्रकाशित

NTA long ad