citizens life insurance long ad
stcnepal long ad

आज नागरिक लगानी कोषको साधारणसभा

बोनस लाभांस पारित मुख्य प्रस्ताव

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नागरिक लगानी कोष (सीआइटी) को २८ औं वार्षिक साधारण सभा आज बस्दै छ । साधारणसभा कम्पनीको केन्द्रिय कार्यालय, सीआईटी बिल्डिङ, नयाँ बानेश्वरमा अपरान्ह ३ बजे शुरु हुनेछ।

वार्षिक साधारण सभामा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने सीआइटीले जनाएको छ ।

वार्षिक साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।

वार्षिक साधारण सभामा १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि कोषले असार १९ गते बुक क्लोज गरेको थियो । असार १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

IME Life
kumari