citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नीति बदल्न लगानीकर्ताको लबिङ

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । साताभर निरन्तर गिरावट भएको सेयर बजार बिहीबार दोहोरो अकंले बढ्यो ।नेप्से परिसूचक १२.७३ अकंले बढ्दै १९६९.७३ बिन्दुमा पुगेको छ ।

बिहीबार बजार बढे पनि अझै केही समय बजार माथि जाने अवस्था नरहेको लगानीकर्ताहरुको बुझाइ छ ।

बजार माथि जानका लागि उनीहरुले नीतिगत परिर्वतनको प्रतिक्षा गरिरहेको देखिन्छ । कोरोना महामारीको समयमा उल्लेख्य बढेको सेयर बजार पछिल्ला दुई वर्षयता निरन्तर घट्दो क्रममा छ ।

केही दिन राम्रैसँग कारोबार बढे पनि सो वृद्धि केही समयमै पुनस् ओरालो लाग्दै १८ सयसम्म झरेको छ । केही वर्षअघि सेयर बजार पुँजीकरण २७ खर्ब २४ अर्ब हाराहारीमा सीमित भएको छ ।

यसरी हेर्दा लगानीकर्ताको सेयर मूल्य यसबीचमा करिब १७ खर्बभन्दा बढी कम भइसकेको छ । आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।

himalayan life insurance
igi long