सगरमाथा जलविद्युत कम्पनीको आइपीओ बाँडफाँट
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओ चैत १७ गते शुक्रबार बाँडफाँट भएको छ । यसमा ३ लाख ५८ हजार १७६ जना सर्वसाधारण आवेदकले गोलाप्रथा मार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् ।
आइपीओका लागि कुल १४ लाख ४४ हजार ९७८ जनाले आवेदन दिएकामा ५१ हजार ८२५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको थियो ।
यसमध्ये १० प्रतिशत (४ लाख ३६ हजार ८ सय कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
यस्तै, कम्पनीले ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ३प्रतिशत (१ लाख ३१ हजार ४० कित्ता) सेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको थियो ।
बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता सेयर चैत ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।
साथै, सगरमाथा जलविद्युत कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।























