बन्दीपुर केवलकार एण्ड टुरिजम केवलकारले आइपीओ ल्याउने
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आइपीओ ल्याउने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालय हात्तिसार, काठमाण्डौमा बुधबार आयोजित एक समारोहबीच नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।























