Everest Bank
nabil bank
national life
stcnepal long ad

नेप्सेमा ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल स्टक एक्सेचेन्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । जसमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.७५ प्रतिशत बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ४०८ रुपैयाँ ७६ पैसा निर्धारण गरेको छ ।

संस्थाको बिहीबारको अन्तिम कारोबार मूल्य ४२० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।

यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ४०० रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ । यसको ३.३२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । यसको बिहीबारको अन्तिमा कारोबार मूल्य ४१४ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयरमा नेप्सेले मूल्य समायोजन गरेको छ । समायोजनपछि भाउ १ हजार ५० रुपैयाँ कायम भएको छ ।

बिहीबार यसको अन्तिम कारोबार मूल्य १ हजार २६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । यी तीन वटै कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि शुक्रबार चैत ३ गते बुक क्लोज गरेका हुन् । अब आइतबार यिनीहरुको समायोजित मूल्यमा कारोबार खुल्नेछ ।

३ चैत २०७९, शुक्रवार ०८:२० बजे प्रकाशित

stcnepal long ad