stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल टेलिकमले ४०% नगद लाभांश दिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त लाभांश पारित गर्न नेपाल टेलिकमले पुस २८ गते साधारण सभा डाकेको छ । सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले कम्पनीको सञ्चालक समितिले गत वर्षको नाफाबाट प्रस्ताव गरेको ४० प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाबलगायतमा पनि छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले पुस १८ गते देखि पुस २७ गतेसम्म बुक क्लोज गर्दैछ ।

तसर्थ, पुस १७ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

prabhu mahalaxmi
kumari