stcnepal long ad
global ime bank long

लक डाउन अघि सेयर बेच्नेले अब पैसा कहिले पाउँछन् ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
 आर्थिक सञ्जाल २०७७ वैशाख १९ गते शुक्रबार
काठमाडौं । सरकारले बिहीबार वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक गर्दै सेयर कारोबार गरी राफसाफ गर्न बाँकी रहेकाहरुलाई समय थप दिइएको बतायो । मन्त्रिपरिषद्को उक्त निर्णय अनुसार अब राफसाफ गर्न बाँकी सेयर तथा धितोपत्रहरुको हिसाब मिलान गर्न असार मसान्तसम्म समय पाइने भएको छ । यसलाई सीधा हिसाबले बुझ्दा सेयर किनेकाहरुलाई अब नेप्से खुल्ने बित्तिकै पैसा तिर्नुपर्ने बाध्यता हुँदैन । असार मसान्तसम्म तिर्दा हुन्छ भन्ने बुझिन्छ ।

सीडीएससीका अनुसार लक डाउन अघि कारोबार भएका २ दिनको सेयर राफसाफ हुन बाँकी रहेको छ । सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले भने, ‘लक डाउन अघिको २ दिनको करिब २० करोड रुपैयाँ बराबरको कारोबार राफसाफ हुन बाँकी छ । ’ सीडीएसको तथ्यांकलाई आधार मान्दा खासै ठूलो रकम राफसाफ गर्न बाँकी भएको भने देखिंदैन ।

तर यी दुई दिनमा करिब २ अर्ब १० करोड रुपैयाँ हाराहारीमा सेयर कारोबार भएको देखिन्छ । बिहीबार १ अर्ब ९० करोड र आइतबार १९ करोड ४६ लाख भन्दा बढीको सेयर कारोबार भएको हो । सरकारको यो निर्णयबाट सेयर किन्नेलाई त राहत हुने देखियो । तर बेच्नेले कतै आहात व्यहोर्नुपर्ने त होइन ? अनि, बेच्नेले असार मसान्तसम्म पैसा नपाएपछि कसरी राहत भयो त भन्ने लगायतका जिज्ञासाहरु पनि आउन थालेका छन् ।

सेयर बजारका लगानीकर्ताहरुले यसबारेमा सामाजिक सञ्जाल मार्फत विभिन्न किसिमका जिज्ञासा र टिकटिप्पणी गर्न थालेका छन् । सरकारले धितोपत्र बजारका लागि ठूलै राहत ल्याउने अपेक्षामा रहेका लगानीकर्ताहरु यसबाट सन्तुष्ट हुन नसकेको देखिन्छ । साथै, यसको कार्यान्वयनका बारेमा पनि आशंका सुरु भएको छ । लगानीकर्ताहरु अन्योलमा पनि परेका छन् ।
यही अन्योलता चिर्ने प्रयास गर्दै नेप्सेका सीइओ चन्द्रसिंह साउद भन्छन्, ‘यसमा लगानीकर्ता अन्योलमा पर्नु पर्दैन । अन्तिम विकल्पका रुपमा असार मसान्तसम्मको समय दिइएको हो । तर बजार खुलेर विस्तारै परिस्थिति सहज हुँदै जाँदा क्रेताले रकम भुक्तानी गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘सेयर बेचेकाहरुले बजार कारोबार खुलेपछि पैसा समयमा नै पाउनुहुन्छ ।’
सीइओ साउदले पहिले खरिद गरिसकेको पैसा भुक्तानी नगरी नयाँ सेयर खरिद गर्न नपाउने पनि उनले बताए । कारोबार खुलेर परिस्थिति सहज बन्दै गएपछि बीचमै यस सम्बन्धमा आवश्यक थप अर्को निर्णय गर्न सकिने पनि उनले जानकारी दिए । नेप्सेमा लक डाउन अघि चैत ९ गते (आइतबार) अन्तिम पटक सेयर कारोबार भएको थियो । उक्त दिन र त्यसभन्दा अघिल्लो कारोबार दिनको राफसाफ हुन बाँकी रहेको हो । ती २ दिनको राफसाफ र हिसाब मिलान असार मसान्तसम्म गर्न पाइने छुट दिइएको छ ।
सरकारको राहत प्याकेजको अपेक्षामा बसेका सबै लगानीकर्तालाई यसले उत्साह पैदा गर्न नसकेको देखिन्छ । सेयर खरिद गर्नेलाई राहत मिल्यो । तर बिक्री गर्नेले कहिलेसम्म पैसा पाउने भनेर निश्चित हुन नसक्दा अलमल पैदा भएको हो । त्यसो त नेप्से सीइओले परिस्थिति अनूकुल भएमा बीचमै अर्को निर्णय हुने बताएका छन् । अनि, बेचेकाले पैसा पाउने भनेका छन । तर कसरी पैसा दिइन्छ भन्ने स्पष्ट बताउन सकेका छैनन् । इशारा कोइराला
IME Lifesidebar
kumari