stcnepal long ad
global ime bank long

अब कम्पनीको शेयर कारोबार बढीमा १५ दिन रोक्का हुने, बोर्डले जारी गर्यो निर्देशिका

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ ।

बोर्डले गाभ्ने गाभिते तथा प्राप्ति सम्बन्धी निर्देशिका जारी गरेसँगै अब मर्जरमा गएका कम्पनीहरुको दोस्रो बजार नेप्सेमा हुने कारोबार १५ दिनभन्दा बढी नरोकिने भएको छ ।

उक्त निर्देशिका लागू भएसँगै अब मर्जरका लागि कुनैपनि कम्पनीको शेयर कारोबार अधिकतम १५ दिनभन्दा बढी रोक्का नहुने जनाइ्एको छ ।

एकीकृत व्यवसायिक कारोवार गरेको मितिबाट गाभ्नेर गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि बढीमा १५ कार्य दिनसम्म शेयर कारोवार रोक्का राख्न सम्बन्धित संगठित संस्थाले धितोपत्र बजार समक्ष निवेदन दिनुपर्ने ब्यबस्था छ ।

निवेदन प्राप्त भए पछि धितोपत्र बजारले सम्बन्धित संगठित संस्थाको शेयर कारोवार रोक्का राख्नुपर्ने यस निर्देशिकामा उल्लेख छ ।

निर्देशिका प्रारम्भ हुनु अघि गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा रहेका कारण शेयर कारोवार रोक्का रहेका संगठित संस्थाको आधारभूत शेयरधनी बाहेक अन्य शेयरधनीको शेयर कारोवार फुकुवा गर्नुपर्नेछ।

आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोवार फुकुवा गर्न संगठित संस्थाले आधारभूत शेयरधनीको विवरण सहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्नेछ।

निवेदनको आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत शेयरधनी बाहेकको शेयर कारोवार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ निर्देशिकामा उल्लेख छ ।

 

IME Lifesidebar
kumari