stcnepal long ad
global ime bank long

आज नेप्से परिसूचक उच्च अङ्कले घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो । आइतबार सार्वजनिक बिदाका कारण कारोबार भएको थिएन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक ७५.७९ अङ्कले ओरालो लागेर एक हजार ९१६.८२ मा ओर्लिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.२४ अङ्कले ओरालो लागेर ३६७.६४ मा ओर्लिएको छ ।

 

 

२२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर रु दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ३२ अर्ब १४ करोड ७९ लाख बराबर रहेको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ ३७।., व्यापार ११६.६२, होटल तथा पर्यटन ५६.१२, विकास बैंक १५०.७८, जलविद्युत् ११९.३८, वित्त ८७.९२, निर्जीवन बीमा ३६५.४९, उत्पादन १६६.५१, अन्य ७०.३२, लघुवित्त १८७.५४, जीवन बीमा ४५०.२२, सामूहिक लगानी कोष ०.३५ र लगानी २.७९ अङ्कले ओरालो लागे ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड चार लाख ३५ हजार ४८९ बराबरको कारोबार भयो ।

एनआइसी एशिया बैंक रु आठ करोड ७१ लाख ४५ हजार ३२१, माथिल्लो तामाकोसी रु आठ करोड ४१ लाख २५ हजार १२२, एशियन लाइफ इन्स्योरेन्स रु आठ करोड १७ लाख ३६ हजार ७७१ र नेपाल लाइफ इन्स्योरेन्स रु सात करोड ५१ लाख १६ हजार ७४८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सानिमा बैंकको ऋणपत्र दुई, बैंक अफ काठमाण्डूको ऋणपत्र १।९६, गुडबिल फाइनान्सको ऋणपत्र १.९५, मेगा म्चुअल फण्ड एक ०.५१ र सोल्टी होटलका लगानीकर्ताले ०।५१ प्रतिशतले कमाए ।

गरिमा विकास बैंक १०, किसान लघुवित्त ९.१५, ग्लोबल आइएमई समुन्नत स्किम एक ९.१४, हिमालयन पावर पार्टनर ९.०९ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ९.०३ प्रतिशतले गुमाए ।

IME Lifesidebar
kumari