stcnepal long ad
global ime bank long

अबदेखि शुक्रबार पनि नियमित शेयर कारोबार हुने

नेप्सेमा अहिले आइतबारदेखि बिहीबारसम्म सातामा पाँच दिन मात्रै नियमित कारोबार हुँदै आएको छ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अबदेखि शुक्रबार पनि नियमित कारोबार हुने भएको छ। यसअघि, शुक्रबार अड लटको मात्र कारोबार हुँदै आएकोमा अबदेखि भने नियमित कारोबार हुने भएको हो।

नेप्सेमा अहिले आइतबारदेखि बिहीबारसम्म सातामा पाँच दिन मात्रै नियमित कारोबार हुँदै आएको छ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूँजी बजार सम्मेलनमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले अब शुक्रबार पनि नियमित शेयर कारोबार हुने बताएका हुन्।

हमालले सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेसँगै शेयर कारोबार सातामा चार दिन मात्रै हुने भएपछि शुक्रबार पनि नियमित कारोबार गर्ने व्यवस्था गरिएको बताए।

शुक्रबार नियमित कारोबार हुने भएसँगै अब दुई सार्वजनिक बिदा भए पनि सातामा पाँच दिन नै शेयर कारोबार हुने भएको छ।

पेट्रोलियम पदार्थको खपत घटाउने भन्दै सरकारले १ जेठदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ।

IME Lifesidebar
kumari