stcnepal long ad
ime life insurance
national life
global ime bank long

चैत ७ गतेदेखि धितोपत्र बोर्डले विश्व वित्तीय सप्ताह मनाउदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चैत ७ गतेदेखि १३ गतेसम्म एक हप्ताका लागि नेपाल धितोपत्र बोर्डले  विश्व वित्तीय सप्ताह मनाउनका लागि आवश्यक सम्पुर्ण तयारी पुरा गरेको छ । खासगरी किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले उक्त कार्यक्रमको आयजना गर्न लागिएको हो ।

यो कार्यक्रम अर्गनाइजेसन अव इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट को आयोजनामा वार्षिक रुपमा मनाईने कार्यक्रमको रुपमा रहेको र बोर्डले पनि नेपाल राष्ट्र बैंकको समन्वयमा मनाउन लागेको हो । यस कार्यक्रममा धितोपत्र बजारमा रहेका नेप्से, सिडिएससी, मर्चेन्ट बैंक, धितोपत्र दलाल व्यवसायी, रेटिङ एजेन्सीको समेत उल्लेख्य सहभागिता रहने छ ।

धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हकहितको संरक्षण गर्ने मुख्य उद्देश्य लिएको बोर्डले यस प्रयोजनका लागि बजार सम्बन्धी सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाह गर्दै पूँजी बजारसम्बन्धी साक्षरतामा अभिबृद्धि गर्नका लागि यो सप्ताह महत्वपुर्ण रहेको छ ।

धितोपत्र बजार क्रमश देशव्यापी हुँदै गएको पृष्ठभुमिमा यस बजारको वारेमा जानकारी दिई आमसर्वसाधारणलाई धितोपत्र बजारसम्बन्धमा रहे भएका द्धिविधा हटाउने, बजार सम्बन्धी जानकरी तथा सचेतना अभिबृद्धि मार्फत सवलिकरण गरी बजार प्रवेशमा प्रोत्साहित गर्न बोर्डले यो सप्ताह विशेष रुपमा सञ्चालन गर्न लागेको हो ।

IME Lifesidebar
kumari