stcnepal long ad
ime life insurance
national life
global ime bank long

शेयर बजारमा १७.१५ अंकले गिरावट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो तीन दिन वृद्धि भए पनि आज चैत्र १ गते मंगलबार भने केही अंकले गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक १७.१५ अंकले घटेर २ हजार ६ सय ५०.९७ विन्दुमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.२६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंकले घटेको छ ।

चैत्र १ गते मंगलबार कारोबारमा आएका २ सय २९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज मंगलबार नेप्सेमा कारोबार हुने १० ठूला कम्पनी मध्ये ९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएकाले नेप्से परिसूचकमा करेक्सन आएको विश्लेषण गरिएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको देखिएको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ३.१६ प्रतिशत बढेको छ । जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको पाइएको छ ।

आज मंगलबार कारोबारमा आएका मध्ये इमर्जिङ्ग नेपालको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै सगरमाथा इन्स्योरेन्स र सोल्टी होटलको शेयरमूल्य ६.५ प्रतिशत भन्दाबढी बढेको छ । तर नेपाल टेलिकमको शेयरमूल्य भने ५.१३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा ३४ करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम नै शीर्ष स्थानमा रहन पुगेको छ । आज अपि पावर, नेपाल लाइफ इन्स्योरेन्सको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

IME Lifesidebar
kumari