सेयर बजार सोमबारमा दोहोरो अंकको सुधार
Growing financial schedule 3D arrow. Profit growth, rising chart and finance business statistic vector illustration. Successful business development, revenue increase. Positive stock market trend
काठमाडौं । विगत केही दिनदेखि लगातार ओरालो लाग्दै आएको सेयर बजार सोमबार दोहोरो अंकले सुधारिएको छ । उतार चढावबीच २५ अंकले बढेको बजार २७ सय १८ विन्दुमा पुगेर थामियो । कारोबार र सेयर संख्यामा कमी आएको बजारमा सामान्य अंकले सबै उपसूचक भने बढेका छन् ।
सबैभन्दा बढी जलविद्युत् समूह ७२ अंकले बढेको छ भने उत्पादन समूह ६६ अंकले उकालो लागेको छ । अरु समूह पनि दोहोरो अंकको सुधार आएको छ ।
सोमबार १ सय ५४ कम्पनीको मूल्य बढ्दा ३३ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन २ सय २४ कम्पनीको ४९ लाख कित्ता सेयर २ अर्ब ९९ करोड बढीमा कारोबार भएको एक्सचेञ्जले जनाएको छ ।























