citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पुँजीबजारमा महिला सक्रियता बढदो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । जनगणनाको काम सुरु भइसकेको छ। देशमा महिलाको जनसंख्याको वास्तविक आँकडा त आउनै बाँकी छ । तर, २०६८ सालको जनगणनामा पुरूष भन्दा महिलाको संख्या करिब १० लाखले बढी थियो। एउटा भनाइ भने सुनिँदै आएको छ– ‘देशको आधा आकाश महिलाले नै ढाकेका छन्।’

अहिले सेयर बजारमा भित्रिने विद्यार्थी तथा गृहिणीको संख्या पनि बढ्दो देखिन्छ। सेयर कारोबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुने गर्दछ । यो समयमा बच्चाबच्ची स्कुल पठाएर आफूले पनि सेयर कारोबार गर्न सकिने भएकोले पुँजी बजारमा महिला लगानीकर्ताका लागि आम्दानीको हिसाबले आकर्षित क्षेत्र बनेको छ।

यही कारण पछिल्लो समय सेयर बजारमा महिला लगानीकर्ताको संख्या पनि बढ्दै गएको सीडीएससीको तथ्यांकले देखाएको छ। गृहिणीबाहेक जागिरे महिलाहरु पनि आफ्नै अफिसबाट तथा विदेशमा रहेका महिला लगानीकर्ताहरुले पनि समय मिलाएर आफ्नो आम्दानीको केही अंश बचत गरेर सेयर बजारमा लगानी गर्नेको संख्या अहिले बढ्दै गएको छ।

सेयर पनि सम्पत्ति हो भन्ने आममानिसको धारणा बढ्दै जाँदा र सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट सेयरको ज्ञान पाइने भएकोले अहिले महिला सेयर लगानीकर्ता बढेको सीडीएससीका प्रवक्ताको भनाई छ।

ब्रोकर हाउस तथा क्लब हाउसमा पनि महिला लगानीकर्ता सेयर बजारका विषयमा जान्न तथा सुन्नका लागि राम्रै उपस्थिति रहेको पाइन्छ। पछिल्लो समय प्राथमिक सेयरको आकर्षण बढ्दै जाँदा महिला लगानीकर्ताको संख्या पनि बढेको छ।

घरमा सिरियल तथा फिल्म हेरेर बस्नुभन्दा सेयर बजारमा लाग्नु नै फाइदाजनक हुने ब्रोकर हाउसहरुमा भेटिएका महिला लगानीकर्ताहरु बताउँछन्। एक अनुसन्धान अनुसार पुँजी बजारमा पुरुष भन्दा महिला लगानीकर्ता सफल भएको पनि पाइएको छ। किनकि उनीहरुले अनुशासित ढंगले लगानी गरेका हुन्छन्।

सीडीएससीको तथ्यांक अनुसार अहिले नेपालको पुँजीबजारमा कुल ४७ लाख १९ हजार डिम्याट खाता रहेका छन्। तीमध्ये २७ लाख ८ हजार ९९ जना पुरुष लगानीकर्ताका छन् भने २० लाख १ हजार ५४१ जना महिला लगानीकर्ताका छन्। कुल डिम्याट खातामध्ये महिला लगानीकर्ताको हिस्सा ४२ प्रतिशत रहेको बताइन्छ।

himalayan life insurance
igi long