stcnepal long ad
global ime bank long

सेयर बजार नेप्से आज २८ सय नाग्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सेयर बजार आज मंसीर १ गते बुधबार पनि दोहोरो अंकले उकालो लागेर बजार १६.९५ अंकमा पुगेको छ। योसँगै नेप्से परिसूचक २८०१.५२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेर ५२५.४४ को विन्दुमा पुगेको छ। कारोबार रकम ७ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको भएको छ।

बजार जानकारका अनुसार अल्पकालीन लगानीकर्ता हाबी हुँदा बजार बढेको छ । बजारमा पहिलाकै सेक्टरहरु बढिरहेको छ। बजारको बढाइ दिगो देखिएको छैन्। यसका लागि अझै केही समय बजारको चाल हेनुपर्छ ।

अहिले अप्पर तामाकोशी, नेपाल टेलिकमजस्ता ठूला पुँजी भएका कम्पनीहरुले सूचक बढाइरहेको छ। जलविद्युत र फाइनान्स कम्पनीहरुका राम्रो त्रैमासिक रिपोर्टले पनि बजार बढ्न बल पुगेको छ।

कोभिड महामारीपछि अन्य क्षेत्रका धेरै मानिसहरु बजार प्रवेश गरेको र उनीहरुले स्वपुँजी लगानी गरेका कारण बजार बढ्न टेवा पुगिरहेको देखिन्छ । अहिले बजार घट्नुपर्ने खासै कारण देखिदैन। कम्पनीहरुका पहिलो त्रैमासिक रिपोर्टहरु राम्रै आउनुले बजार सकारात्मक नै रहने संकेत दिइरहेको छ।

प्राविधिक विश्लेषक लगायत सबैतिरबाट सकारात्मक समाचार आउँदा पनि लगानीकर्ताको मनोबल बढेको देखिन्छ। नेप्सेको पुरानो रेकर्ड तोड्न केही समय लागे पनि अब बजारमा ठूलो करेक्सन आउने सम्भावना देखिँदैन।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। आज अन्य समूह सर्वाधिक ५.२९ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह २.२४ अंकले बढेको छ।

आज बैंकिङ समूहमा ०.२६ प्रतिशत, वित्त समूहमा १.२२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५३ प्रतिशत, लघुवित्त समूहमा ०.१६ प्रतिशत र व्यापार समूहमा ०.८१ प्रतिशतको बढोत्तरी भएको छ।

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.५२ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.३५ प्रतिशतले घटेको आज लगानी समूहमा ०.५८ प्रतिशत, जीवन बीमा समूहमा ०.५५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१४ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.०५ प्रतिशतले ओरालो लागेको देखिन्छ।

धेरै कारोबार गर्ने कम्पनीहरु:

आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता सेयर ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८१९.६५ रुपैयाँमा किनबेच भएका छन् ।

नेपाल टेलिकमको सर्वाधिक ५८ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ३८ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै आज एसियन लाइफ इन्स्योरेन्सको ३३ करोड ६६ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २६ करोड ३१ लाख रुपैयाँ, गरिमा विकास बैंकको २२ करोड १९ लाख रुपैयाँ, अपी पावरको २० करोड ३३ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १९ करोड ६१ लाख रुपैयाँ, अरुण काबेली पावरको १९ करोड ३४ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १८ करोड ८१ लाख रुपैयाँ र आईसीएफसी फाइनान्सको १८ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउनेहरू:

आज ६ वटा कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ। पञ्चकन्या माई हाइड्रोपावर र अप्पर तामाकोशीको सेयर मूल्यमा १० प्रतिशत तथा मानुषी लघुवित्त, तेह्रथुम पावर, नेपाल बंगलादेश बैंक र मैलुङखोला जलविद्युतको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

यसैगरि नेपाल टेलिकमको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। आज बोटलर्स नेपाल (तराई) र महालक्ष्मी विकास बैंकका सेयरधनीहरुले धेरै गुमाएका छन । यी दुवै कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।

 

IME Lifesidebar
kumari