citizens life insurance long ad
stcnepal long ad

सेयर बजार किन बढन सकेन ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेयर बजार नेप्से ३२०० को उचाइबाट तल झरेर अहिले २५०० को अंकमा आएको छ। सेयर बजार घट्नु मुख्य कारण भनेको लगानीकर्ताको मनोबल खस्कनु हो।

कोभिड महामारीले सबैतिर बन्दाबन्दीपछि बैंकहरुमा तरलता थुप्रियसँगै ब्याजदरमा गिरावट आएपछि एकाएक सेयर बजार चम्केको थियो।

कोभिड महामारीको समयमा नेपालको मात्रै पुँजीबजार नभएर संसारकै सेयर बजारमा उछाल आएको थियो। खासगरी अन्य क्षेत्रमा लगानीको वातावरण नभएपछि पुँजीबजारमा उछाल आउनु स्वाभाविक नै थियो। अहिले पनि ब्रोकर हाउसहरुमा फेरि पनि कोभिडको तेस्रो लहरको चर्चा चलेको पाइन्छ। भलै यो कति सम्भावना छ भन्ने अलग विषय भयो।

ब्रोकर हाउसदेखि क्लब हाउसमा बजारको घटबढको विषयलाई लिएर आ–आफ्नो तर्क–विर्तक हुने गरेको छ। अर्थतन्त्र र वित्तीय ज्ञान भएका केही लगानीकर्ता अहिले नै बजार बढ्नेमा कमै आश्वास्त देखिन्छन् भने केहीले अहिले नै बुल नसकिएकोले बजार बढ्न बाँकी नै रहेको पनि तर्क गरिरहेका छन्।

अहिले बजारलाई प्रभाव पार्ने मुख्य विषय भनेको ब्याजदर नै रहेको हो। लामो समय बढेकोले बजारमा करेक्सन आउन आवश्यक थियो। तर, यही समयमा केही नेगेटिभ समचार पनि आए।

सीसीडी रेसियोबाट सीडी रेसीयोमा जाँदा बैंकहरुको ऋण दिन सक्ने क्षमतामा कमी आएको छ। जसका कारण तरलतामा दबाबसँगै ब्याज बढेकोले नै बजारलाई असर गरेको हो ।

लामो समय भएको लकडाउन खुलेसँगै चीन लगायत देशबाट सामान भित्रयाएर व्यापार गर्नेहरुले पनि सेयर बजारबाट पैसा झिकेको देखिन्छ। दसैँ–तिहार जस्ता महान पर्वका लागि जोहो गर्न पनि बजारबाट पनि पैसा बाहिर गयो। यिनै कारणले पनि सेयर बजारमा असर पर्यो।

बजार सेन्टिमेन्टमा चल्ने भएकोले लगानीकर्ताको मनोविज्ञानलाई असर गरेको छ। बजारमा बिक्रीचाप पर्न थाल्यो। अब चाडपर्वको सिजन सकिएपछि बैंकिङ च्यानलभन्दा बाहिर गएको पैसा पनि आउने र विकास खर्च बढ्दै जाँदा तरलता सहज हुन सक्नेछ।

नेपाल राष्ट्र बैंकले कुनै पनि बेला तरलता सहज हुने नीति ल्याएमा बजारमा फेरि विश्वासको वातावरण बन्न सक्छ। अनि फेरि बजारमा चमक आउन सक्छ।

अहिले बजार घट्नुमा मुख्य कारण ब्याजदर नै हो। राष्ट्र बैंकको सेयर धितो कर्जाको सीमाले पनि सेयर बजारमा ठुलो असर परेको हो। बैंकमा तरलता अभाव छ, सीडी रेसियोले बैंकको पैसा तानिदियो, स्वीकृत भएको पुनरकर्जाको रकमसमेत आउन सकेको छैन।

केही दिनदेखि बजारमा भोलुम पनि हराएको छ। तिहार र छठपछि बजार फर्किन्छ कि भन्ने आश भने गर्न सकिन्छ।चाडपर्व सकिएसँगै राजधानीभन्दा बाहिर गएका पनि आउलान्। विस्तारै तरलता सहज भएमा बजारमा माहोल पनि आउन सक्छ।

अहिले लगानीकर्तामा आत्मविश्वास कम भएकोले नै बजार माथि जान नसकेको हो। लगानीकर्ताको आत्मविश्वास घट्नुको मुख्य राष्ट्र बैंकको अस्थिर नीति नै हो। त्यसैले राष्ट्र बैंकले अहिलेको सेयर धितो कर्जाको सीमा र सीडी रेसियोका विषयमा पुनर्विचार गर्नै पर्छ।

राष्ट्र बैंकसँग तरलता व्यवस्थापनका अन्य औजार पनि रहेको छ। जुनसुकै उपाय लगाएर भए पनि तरलता सहज बनाउनै पर्ने देखिन्छ। कि भने सेयर बजार जेसुकै होस् भनेर छोड्नु पर्यो ।

अहिले लकडाउन खुलेरमात्रै बजारमा यो अवस्था आएको भने होइन। पहिलो पटक लगाएको लकडाउन पनि खुलेको थियो तर यस्तो भएको थिएन। खास गरेर राष्ट्र बैंकको नीतिमा स्थायित्व हुनुपर्यो।

IME Life
kumari