citizens life insurance long ad
stcnepal long ad

शेयर बजारमा भारि गिरावट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यो साताको पहिलो कारोबार भएको दिन आज भदौं ८ गते सेयर बजारमा भारी गिरावट आएको छ ।

यो दिन नेप्से ५५.८९ अंकले घटेर ३१२५ बिन्दूमा कायम भएको छ । यो दिन २० कम्पनीका लागनीकर्ताले भने पुर्पुरो नै समाउने भएका छन् ।

आज १६ कम्पनीको सेयर मूल्यमा नकरात्क सर्किट लागेको छ भने थप चार कम्पनीको सेयर मूल्यमा पनि ९ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

आज युनाईटेड मोदि हाईड्रोपावर, हिमालय उर्जा विकास कम्पनी, माउन्टेन हाईड्रो नेपाल र लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत भन्दा बढी गिरावट आएको छ ।

यस्तै हिमालयन पावर पार्टनर, पञ्चकन्या माई हाईड्रोपावर, रुरु जलविद्युत परियोजना, शिभ श्री हाईड्रोपार, युनियन हाईड्रोपावर, यूनिर्भसल पावर कम्पनी, घलेमढी हाईड्रो, जासि हाईड्रोपावर, आँखुखोला जलविद्युत परियोजना, कालिका पावर कम्पनी, नेपाल हाईड्रो, सिनर्जी पावर डेभलपमेन्ट, दिव्याश्वरी हाईड्रोपावर, खानिखोला हाईड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र नेशनल हाईड्रेपावर कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

प्रतिशतको हिसाबले यी कम्पनीका लगानीकर्ताले धेरै गुमाए पनि रकमका आधारमा भने यूनिलिभर नेपालका लगानीकर्ताले धेरै गुमाएका छन् ।

आज यस कम्पनीको सेयर मूल्यमा सबैभन्दा धेरै मूल्यको गिरावट आएको हो । यस कम्पनीका लगानीकर्ताले आज प्रतिकित्ता ३ सय ८० का दरले नोक्सानी व्यहोरेका हुन् ।

यद्यपी यो रकम कम्पनीको अघिल्लो कारोबार बन्द हुँदा समायोजन भएको मूल्यको १.९० प्रतिशत मात्रै हो । आज घटेसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९ हजार ५८० रहेको छ ।

IME Life
kumari