Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

आज १६ अंकले शेयर बजार बढ्यो

civilbank long ad

काठमाडौं । आज दोहोरो अंकले शेयर बजार परिसूचक नेप्से बढेको छ । जीवन बीमा बाहेक अरु सबै समूहको शेयर बढेपछि नेप्से १६ दशमलव ३४ अंकले बढेर दुई हजार आठ सय ७१ दशमलव शून्य तीन बिन्दुमा पुगेको छ ।

आज बैंकिङ्ग समूहको शेयर १४ अंकले विकास बैंक समूहको शेयर ७० अंकले, व्यापारको आठ, होटलको १९, उत्पादनको पाँच र अन्य समूहको शेयर आठ अंकले बढेको छ । यस्तै जलविद्युत समूहको शेयर १४ अंकले, फाइनान्सको ९३ अंकले, माइक्रोफाइनान्सको ३४ अंकले र निर्जीवन बीमा समूहको शेयर १४ अंकले बढेको छ । दुई सय २३ कम्पनीका एक करोड २३ लाख कित्ता शेयर पाँच अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको ४५ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सेन्ट्रल फाइनान्स सहित ६ वटा कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि सानिमा लार्ज क्याप फण्डको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

 


२९ असार २०७८, मंगलवार १६:१७ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad