citizens life insurance long ad
stcnepal long ad

एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्डको इकाई बाँडफाँड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया क्यापिटलले निष्काशन गरेको एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्डको इकाई बाँडफाँड भएको छ । क्यापिटलले उक्त इकाई असार १० गतेदेखि निष्काशन गरेको थियो ।

उक्त इकाईमा ७१ हजार ३ सय ८८ आवेदकबाट १४ करोड ५४ लाख २३ हजार १ सय ७० कित्ताको लागि आवेदन परेको थियो ।

जसमध्ये १०० इकाईदेखि ४५ लाख इकाईसम्म माग गर्ने आवेदकलाई माग बमोजिम तथा ५० लाखदेखि १ करोड इकाई माग गर्ने आवेदकलाई ४९ लाख ३० हजार ६०५ इकाईका दरले बाँडफाँड बाँडफांड गरिएको क्यापिटलले जनाएको छ ।

निष्काशनमा माग भन्दा बढीको आवेदन परेपछि यस योजनाको आकारलाई १ अर्ब बाट बढाएर १ अर्ब २५ करोडको कायम गरि सोहि अनुसार इकाई बाँडफांड गरिएको क्यापिटलले उल्लेख गरेको छ ।

फण्डले प्रति इकाई मूल्य १० रुपैयाँको दरको १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एन आई सी एशिया बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गरिएको थियो ।

IME Life
kumari