आज नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।
प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको हो ।
लिलामी शेयरमा विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आज १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उक्त लिलामी शेयरको न्यूनतम मूल्य १२ सय रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताहरुले सो वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ ।
बोलपत्र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ ।























