citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल धितोपत्र बोर्डसँग आईपीओ निष्काशनका लागि मानुषी लघुवित्त र दोर्दी खोला जलविद्युत् कम्पनीले मागे अनुमति

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्काशनका लागि नियामक निकाय  निवेदन पेश गरेका छन् । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि बैशाख १३ गते निवेदन पेश गरेको हो ।

शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री मालनेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । संस्थाको आइपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पुरा नगरेका खण्डमा उच्च जोखिमको संकेत गर्ने ‘केयर एनपि बि प्लस’ प्राप्त गरेको छ ।

त्यस्तै, दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले २९ करोड ५१ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि बैशाख २१ गते निवेदन पेश गरेको हो । शेयर सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

himalayan life insurance
igi long