stcnepal long ad
global ime bank long

वैशाख १३ गतेदेखि एनआइबीएल समृद्धि फन्ड–२ को इकाई  खुल्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइबीएल एस क्यापिटलले ‘एनआइबीएल समृद्धि फन्ड–२’ को १२ करोड इकाई वैशाख १३ गतेदेखि निष्कासन गर्ने भएको छ । कुल इकाईमध्ये १० लाख इकाई बीज पुँजी वापत कोष व्यवस्थापक एनआइबीएल एस क्यापिटल र २ करोड ३० लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई छुट्याइएको छ । बाँकी ९ करोड ६० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

प्रतिइकाई १० रुपैयाँमा आवेदन दिन सकिनेछ । सी आस्वाको माध्यमबाट इकाई भर्न सकिन्छ । एनआइबीएल समृद्धि फन्ड–२ मा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भने वैशाख २७ गतेसम्म भर्न सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यस फन्डको योजना व्यवस्थापक एन्आइबीएल एस क्यापिटल हो । एनआइबीएल एसको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो चौथो म्युचुअल फन्ड हो ।

IME Lifesidebar
kumari