citizens life insurance long ad
stcnepal long ad

शेयर बजार २१ अंकले घट्यो, चन्द्रागिरि हिल्सको मूल्य प्रतिकित्ता दुई हजार नाघ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बिहीवार शेयर बजार २१ अंकले घटेको छ । व्यापार र होटलबाहेक अन्य समूहको शेयर घटेपछि नेप्से २१ दशमलव २९ अङ्कले घटेर २५ सय ४८ दशमलव ९६ विन्दुमा झरेको छ ।

बिहीवार बैंकिङ र विकास बैंक समूहको शेयर २९ अंकले, जलविद्युतको ४४ अंकले, फाइनान्सको झण्डै तीन अंकले, माइक्रो फाइनान्सको ४७ अंकले, उत्पादनको ४९ अंकले, अन्यको ३७, जीवन बीमा समूहको एक सय ६९ र निर्जीवन बीमा समूहको शेयर ५४ अंकले घटेको छ ।

बिहीवार दुई सय आठ कम्पनीका एक करोड २५ लाख कित्ता शेयर ६ अर्ब ५० करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ९१ करोड रुपैयाँको शेयर कारोबार भयो ।

बिहीवार नेपाल बङ्गलादेश बैंकको शेयर सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीले १० प्रतिशत कमाएका छन् । चन्द्रागिरिको शेयर मूल्य प्रतिकित्ता दुई हजार ७९ पुगेको छ ।

IME Life
kumari