citizens life insurance long ad
stcnepal long ad

बजार पुँजीकरण २७ खर्ब ६३ अर्ब

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ  । आर्थिक वर्ष २०७७/०७८ को पाँच महिनामा धितोपत्र बजार पुँजीकरण  २७खर्ब ६३ अर्ब ६६ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।

नेपाल राष्ट्र बैङ्कको चालू आर्थिक वर्षको पाँच महिनामा आधारित तथ्याङ्क अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ मङ्सिरसम्ममा सूचीकृत पाँच अर्ब ६१ लाख सङ्ख्याको सेयर चुक्ता मूल्य ४९१ अर्ब २४ करोड रहेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को पाँच महिनामा एक खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, ११ अर्ब ४१ करोड बराबरको साधारण सेयर, पाँच अर्ब ८० करोड बराबरको बोनस सेयर, सात अर्ब बराबरको डिबेन्चर, दुई अर्ब ५० करोड बराबरको हकप्रद सेयर, ६५ करोड बराबरको म्युचुअल फन्ड गरी कुल एक खर्ब ७७ अर्ब ३७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले पाँच अर्ब चार करोड बराबरको डिबेन्चर, दुई अर्ब दुई करोड बराबरको साधारण सेयर, ५३ करोड ३७ लाख बराबरको हकप्रद सेयर र ५० करोड बराबरको म्युचुअल फन्ड गरी कुल आठ अर्ब १० करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

२०७६ मङ्सिर मसान्तमा ११५४.१ रहेको नेप्से सूचकाङ्क २०७७ मङ्सिर मसान्तमा २०६१.४ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२.४ रहेको थियो ।
२०७७ मङ्सिरमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको सङ्ख्या २१२ रहेको छ । सूचीकृत कम्पनीमध्ये १४४ बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३५ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, चार/चार होटल तथा व्यापारिक संस्था र छ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीको सङ्ख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीमध्ये बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७१.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ६.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.२ प्रतिशत, होटेलको हिस्सा एक प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा १६.७
प्रतिशत रहेको छ ।

 

IME Life
kumari