citizens life insurance long ad
stcnepal long ad

सि.वि.आई.एल क्यापिटल लि.को १४ औं साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यस संस्थाको अध्यक्ष  पारस कुमार काफ्ले को अध्यक्षतामा २०७७ मंसिर १९ गते संस्थाले चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
उक्त साधारण सभाले प्रस्तावित साधारण प्रस्तावहरु अन्तर्गत आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितको वित्तिय विवरण पारित गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि लेखा परीक्षण समितिको सिफारिसमा साविकका लेखा परिक्षक  सुबोध एसोसिएट्सलाई लेखा परीक्षक नियुक्त गरेको छ ।

साथै, आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई संचालक समितिले प्रस्ताव गरे बमोजिम दश प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्ने साथै डि–म्याट खाता खोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामुहिक लगानी कोषको प्रर्वद्धन गर्ने जस्ता लगानी कर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सि.वि.आई.एल. क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष,  नागरिक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ र यहीबाट नै मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ ।

IME Life
kumari