stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

शेयर बजारमा समस्या

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । सेयर बजारको बिश्वसनियतालाई कायम राख्दै बजारको बिकास र बिस्तारको लागि तत्काल सरकारी तहबाटै हस्तक्षेप आवश्यक नियामक निकायबाट बजारको बिकास र बिस्तारको लागी कुनै ठोस पहल नहुँदाको अवस्थामा पनि सेयर बजारप्रति लगानीकर्ताको उत्साह दिन प्रतिदिन बढ्दो छ ।

जसको ज्वलन्त उदाहारण आज बन्द भएको प्राथमिक निस्काशनमा आठ लाख बढी लगानीकर्ताको उत्साहजनक सहभागिता र पछिल्लो दिन दैनिक हुँंदै आएको औसत दुई अर्ब माथिको कारोबारले प्रष्ट पार्दछ।

एउटै ब्यक्तिको ३–४ वटा सम्म डिम्याट खाता रहेको सन्दर्भमा, बिस लाख डिम्याट खाताको आधारमा बिस लाख लगानीकर्ता भनिएको भएतापनि आज निस्काशन बन्द भएको जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्राथमिका निस्काशनमा लगानी गर्ने आठ लाख भन्दा बढी लगानीकर्तालाई नै बास्तबिक लगानिकर्ता मान्न सकिन्छ। यो आँकडामा केहि तल माथी हुन सक्ला।

आठ लाख लगानीकर्ता ५० ब्रोकर लाई भाग लगाउँदा प्रति ब्रोकर १६००० लगानीकर्ता पर्न जान्छ । के अहिलेको ब्रोकरमा १६००० लगानीकर्तालाई चुस्त रुपमा सेवा दिने सामर्थ्य छ रु एकदमै सोचनिय बिषय छ।

दैनिक औसत बिस करोडको कारोबार हुँदा लगानीकर्ताले भोग्ने समस्याहरु अहिले दश गुणा बढेर जाँदा अवस्था बिकराल देखिएको छ । जुन बिषयले सामाजिक संजालमा ब्यापक ठाउँ पाएको देखिन्छ। जसको कारण निम्न रहेका छन ।
१ , बजारमा लगानिकर्ताको सँख्या र आकर्षण अत्याधिक बढ्दै जानु।
२, ब्रोकरले आफ्नो जनशक्ति र प्रबिधिको साथै सेवा सुबिधामा अलिकती पनि सुधार नगरेर पुरानै शैलीमा पशुपती नाथ भरोसे चलाउन खोज्नु।
३, नेप्से, सिडिएस लगानिकर्ताको लागी प्रबिधी मैत्री नहुनु।
४, समग्र बजार र लगानिकर्ताप्रति नियामक निकायको उदासिनता र गैरजिम्मेवार नेतृत्व।
५, लगानीकर्ता तथा लगानीकर्ता सगठनहरु बिकृती र बिसंगती बिरुद्व खरो रुपमा उत्रन नसक्नु। लगानीकर्तामा आफुले सुबिधा पाएकै छुँ, अरुको जेसुकै होस् भन्ने मानसिकता हावी हुनु । सेयर बजारमा आएको यो भेललाई समयमै सम्बन्धित निकायबाट उचित सम्बोधन भएर ब्यवस्थापन नहुने हो भने बजारको बिश्वसनियतामा आँच आई बजारले ठुलो क्षती बेहोर्नु पर्ने हुन्छ। तत्काल समस्याहरु पहिचान गरी सरकारबाटै आवश्यक हस्तक्षेप हुन ढिला भैसकेको छ।

prabhu mahalaxmi
kumari