stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआइबीएल प्रगति फन्ड न्याभ बढ्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । साउन मसान्तसम्मा एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) बढेको छ । यस अवधिमा फन्डको न्याभ २६ पैसाले बढेर १० रुपैयाँ १२ पैसा पुगेको छ ।

अघिल्लो महिनामा फन्डको न्याभ ९ रुपैयाँ ८६ पैसा रहेको थियो । साउन मसान्त सम्ममा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी भने घटेको छ ।

सूचीकृत कम्पनीहरुको सेयरमा लगानी २ करोड ३४ लाख ९९ हजार रुपैयाँले घटेर ६१ करोड ७६ लाख २३ हजार रुपैयाँमा आएको हो ।अघिल्लो महिनामा फन्डले सूचीकृत कम्पनीको सेयरमा ६४ करोड ११ लाख २२ हजार रुपैयाँ लगानी गरेको थियो ।

prabhu mahalaxmi
kumari