अब घरमै बसेर केवाइसी विवरण भर्न सकिने, गृहकार्य गर्दै धितोपत्र बोर्ड
काठमाडौं । धितोपत्र बोर्डले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै केन्द्रीकृत ग्राहक पहिचान विवरण (केवाइसी) सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
यसका लागि बोर्डले केवाइसी सेवा सम्बन्धी कार्य सञ्चालन निर्देशिका २०७७ को मस्यौदा समेत तयार पारेको छ । मस्यौदामा बोर्ड राय सुझाव समेत पेश गर्न भनेको छ ।
यस प्रणाली कार्यान्वयनमा आएपछि धितोपत्र बजारसँग सम्बन्धित विभिन्न निकायहरुमा लगानीकर्ता आफैं उपस्थित भएर बेग्लाबेग्लै केवाइसी भर्नुपर्ने व्यवस्थाको अन्त्य हुने बोर्डको भनाई छ ।
लगानीकर्ताले घरमै बसेर बायोमेट्रिक्स सहितको केवाइसी विवरण भर्न सक्नेछन् । त्यो विवरण धितोपत्र बजारसँग सम्बिन्धत सबै निकायले प्रयोग गर्न सक्नेछन् ।






















