stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गरिमा विकास बैंकको हात्तीगौंडा शाखा कार्यालय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हात्तीगौंडामा स्थापित हात्तीगौंडा शाखा कार्यालयको औपचारिक उदघाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उदघाटन बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले गरेका थिए । उक्त कार्यक्रम गरिमा विकास बैंकका सञ्चालक डा.आनन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले यस क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी उद्यमशिलताको विकास तथा नगरपालिका भित्र विभिन्न व्यापार व्यावसायको विस्तारका लागि ग्राहकहरुलाई आवश्यक पुँजी प्रवाहको लक्ष्य राखी विकास बैंकले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधा सहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । गरिमा विकास बैंकल काठमाण्डौं उपत्यका भित्र १० वटा शाखा सहित देशभर ९०शाखा र ४६ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । गरिमा विकास बैंकले २०७६ कार्तिक २५ गतेसम्म ३६ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब कर्जा लगानी गरेको छ ।

????????????????????????????????????
prabhu mahalaxmi
kumari