stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

साउन ११ गतेदेखि लक्ष्मी क्यापिटलले सामुहिक लगानी कोषको इकाई निष्काशन गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साउन ११ गतेदेखि लक्ष्मी क्यापिटलले सामुहिक लगानी कोषको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले लक्ष्मी उन्नति कोष नामको सामुहिक लगानी कोषको इकाई निष्काशन गर्न लागेको जनाएको छ ।

क्यापिटलले ८० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोषको ८ करोड ईकाई सर्वसाधारणमा बिक्री गर्न लागेको हो । निष्काशन गरिने कुल इकाईमध्ये १ करोड २० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्दक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ । सर्वसाधारणले बाँकी ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सकिने जनाएको छ ।

प्रति ईकाई १० रुपैयाँ अंकित मूल्यका १०० ईकाईदेखि ८० लाख ईकाईसम्मका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाबाट आवेदन दिन सकिनेछ ।

उक्त इकाईमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको अवधीमा बिक्री पर्याप्त आवेदन नपरेमा साउन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari