sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नबिल स्टक डिलरको नाफा ८६ प्रतिशत बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकको पूर्ण स्वामित्व रहेको नबिल स्टक डिलर कम्पनी ऐन २०६३ बमोजिम ४ श्रावण २०७८ मा धितोपत्र एजेन्टको रूपमा काम गर्ने उद्देश्य लिएर स्थापना भएको कम्पनी हो ।

नबिल स्टक डिलरको चुक्ता पुँजी १ अर्ब ५२ अर्ब रुपैयाँ रहेको छ भने जगेडा तथा सञ्चित नाफा १७ करोड १२ लाख २९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा २ करोड ७९ लाख २७ हजार रुपैयाँ कर्मचारी सुविधाबापत खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ लाख ५८ हजार रुपैयाँ मात्रै कर्मचारी सुविधा खर्च गरेको थियो ।

गत वर्ष कम्पनीको सञ्चालन आम्दानी १११.७ प्रतिशत बढेर २० करोड ९५ लाख ४३ हजार रुपैयाँ गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ९ करोड ८९ लाख ८७ हजार रुपैयाँ मात्रै सञ्चालन आम्दानी गरेको थियो ।

गत वर्ष  कम्पनीको  कुल आम्दानी १२१.३ प्रतिशत बढेर २१ करोड ९१ लाख ४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९ करोड ८९ लाख ८७ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो ।

गत आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा ८६ प्रतिशत बढेर ११ करोड १३ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ ।

अघिल्लो वर्ष कम्पनीले ५ करोड ९८ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ७.३३ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३.९४ रुपैयाँ थियो ।

gold
nawakantipur long