शिवम् सिमेन्ट्सले ९ प्रतिशत लाभांश वितरण गर्दै
साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुधबार पुस १७ गते बुक क्लोज गर्दै
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले ९ प्रतिशत लाभांश वितरण गर्दैछ । कम्पनीले ८.५% बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
शिवम सिमेन्ट्सले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुधबार पुस १७ गते बुक क्लोज गर्दैछ । तसर्थ, पुस १६ गते मंगलबारसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।
यसअघि २०७९/८० को नाफाबाट कम्पनीले १५ प्रतिशत लाभांश वितरण गरेको थियो । यसको साधारण सभा पुस २९ गते राष्ट्रिय सभा गृह सिटी हल भृकुटीमण्डपमा बिहान ९ बजे सुरु हुनेछ ।






















