citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

कैलाश हेलिकप्टरको २० प्रतिशत लाभांश घोषणा

प्रिमियममा आईपीओ जारी गर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेसले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि चुक्ता पुँजीको कर सहित २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । लाभांश र आईपीओ प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते दोस्रो वार्षिक साधारण सभा साढे ३ बजे बोलाएको छ ।

कम्पनीको साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१र८२ को लागी बाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण र संचालक समितिले गरेको निर्णयहरु अनुमोदन गर्नेछ ।

कम्पनीको प्रवन्धपत्र  तथा  नियमावलीको  संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

gold
himalayan life insurance long ad