stcnepal long ad
ime life insurance
global ime bank long

सिंगटी हाइड्रो इनर्जीको पुस २९ गते पन्ध्रौं वार्षिक साधारण सभा

पुस ११ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन्।

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले यही पुस २९ गते सोमबार पन्ध्रौं वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको धुम्बाराहीस्थित धुम्रबराह भेन्यूमा बिहान ११ बजेदेखि साधारण सभा बस्ने निर्णय गरेको हो।

कम्पनीले साधारण सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धाण गर्नेछ भने अन्य आयोजनामा लगानी गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन्।

prabhu mahalaxmi
kumari