citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार एभरेष्ट बैंक, कामना सेवा विकास बैंक, अपि हाइड्रोपावर कम्पनी र सीइडीबी होल्डिङसको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा एभरेष्ट बैंककोे १ करोड १७ लाख ६७ हजार ९०३.८८ कित्ता सेयर सूचीकृत भएको छ ।बैंकले १० प्रतिशत बोनस वितरण गरेको थियो । त्यस्तै, कामना सेवा विकास बैंकको ७ प्रतिशत बोनसको २२ लाख ९६ हजार ८१५।२७ कित्ता सेयर सूचीकृत भएको छ ।

यस्तै, अपि पावरको ५ प्रतिशत बोनस बापतको २८ लाख ९३ हजार २९८.९५६ कित्ता र सीइडीबी होल्डिङसको  ११  प्रतिशत  बोनस  बापत १० लाख  २४  हजार ९१९.६१ कित्ता  सेयर  सूचीकृत भएको हो ।

नेप्सेमा सेयर सूचीकृत भएसँगै उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले दोस्रो बजारमा खरिद–बिक्री गर्न सक्नेछन् ।

gold
himalayan life insurance long ad