stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आज नेप्से परिसूचक एक दशमलव २४ प्रतिशतले बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ दशमलव ६६ कायम भएको छ । आज परिसूचक एक दशमलव २४ प्रतिशतले बढेको हो ।

तीन सय १२ कम्पनीको एक करोड ४२ लाख ९२ हजार सात सय ४२ कित्ता शेयर ७५ हजार पाँच सय ७२ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ४४ करोड ९८ लाख ९८ हजार नौ सय ८७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बैंकिङ एक दशमलव २०, विकास बैंक शून्य दशमलव ४९, वित्त समूह एक दशमलव ५१, होटल तथा पर्यटन शून्य दशमलव ६४, जलविद्युत् एक दशमलव ९७ र लगानी समूह एक दशमलव १३ प्रतिशतले बढेको छ ।

त्यस्तै, जीवन बीमा एक दशमलव ०२, उत्पादन तथा प्रशोधन एक दशमलव ०८, लघुवित्त शून्य दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव २३, निर्जीवन बीमा शून्य दशमलव ८१, व्यापार एक दशमलव २९ र अन्य समूह एक दशमलव ६८ प्रतिशतले बढेको छ ।

सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, युनाईटेड आईडिआई मर्दी हाईड्रोपावर लिमिटेड र कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रू ४५ करोड ७८ लाख बराबरको कारोबार भएको छ । खरिदबिक्री भएका शेयरका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको छ लाख ८८ हजार दुई सय ३६ कित्ता शेयर किनबेच भएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari